चीनका रक्षामन्त्री ली बर्खास्त

कार्तिक ८, २०८०

चीनका रक्षा मन्त्री लिी सांग्फलाई पदबाट बर्खास्त गरिएको छ । दुई महिना देखी सार्वजनिक नभएका रक्षामन्त्री लीलाई बर्खास्त गरीएको चीन सरकारले जनाएको छ । पदबाट हटाउनुको कारण बारे समेत नखुलाइएको बीबीसीले उल्लेख गरेको छ । लीको स्थानमा अर्काे ब्यक्ति समेत घोषणा गरिएको छैन ।

चिनियां सेनाका उच्च अधिकारीको बर्खास्ती पछि रक्षा मन्त्रीलाई पदबाट हटाउने निर्णय गरिएको हो । गत जुलाईमा चीनको नवगठित मन्त्रिमण्डलका विदेशमन्त्री किन गांगलाई पदबाट बर्खास्त गरिएको थियो । चीनको संसद मानिने नेशनल पिपल्स कंग्रेसको कार्यसमितिले रक्षामन्त्रीको बर्खास्तीलाई अनुमोदन गरेको छ । यसैसाता विदेशी रक्षा अधिकारीहरुको सम्मेलन अघि चीनका रक्षामन्त्री बर्खास्तीमा परेका हुन् । 


प्रतिक्रिया