राष्ट्रसंघका महासचिवद्वारा इजराइली कूटनीतिज्ञको आरोप खण्डन

कार्तिक ९, २०८० | काठमाडौं

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजराइली कूटनीतिज्ञले लगाएको आरोपको खण्डन गर्नु भएको छ । इजराइजली कूटनीतिज्ञले सुरक्षा परिषदमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणलाई महासचिव गुटेरेसले समर्थन गरेको आरोप लगाएका थिए । 

इजराइल र प्यालेस्टाइनबीच बढ्दो संकटलाई लिएर मंगलबार भएको बैठकलाई सम्बोधन गर्दै सुंयक्त राष्ट्रसंघका महासचिव गुटेरेसले हमासले गरेको भीषण आक्रमण कुनै पनि हालतमा औचित्यपूर्ण हुन नसक्ने बताउनु भएको थियो । 

हमासले गरेको आक्रमणकै कारण गाजामा बमबारी र घेराबन्दी भएको भन्दै गुटेरेसले प्यालेस्टिनी शून्य अवस्थामा थिएनन् भन्ने पहिचान गर्नु महत्वपूर्ण हो र उनीहरुलाई सामूहिक सजाय दिनु उचित नभएको बताउनु भएको थियो ।

संयुक्त राष्ट्रसंघका लागि इजराइलका स्थायी प्रतितिधि गिलाड एर्डनले महासचिवको सम्बोधनले हमासको क्रुर आक्रमणलाई औचित्यपूर्ण ठहर गर्न खोजेको बताउनु भएको थियो । उहाँले महासचिवको राजीनामा समेत माग गर्नु भएको थियो । साथै इजरायलले महासचिव गुटेरेस र संयुक्त राष्ट्रसंघका प्रतिनिधिको भिसासमेत रोक्ने चेतावनी दिएको थियो ।

यस्तै इजराइलका विदेशमन्त्री एली कोहेनले पनि गुटेरेसले हमासको आतंकवादलाई समर्थन गरेको आरोप लगाउनुभयो । 


प्रतिक्रिया