गाजामा दोश्रो चरणको युद्ध सुरु गरेको इजरेलको घोषणा

कार्तिक १२, २०८०

इजरेलले गाजामा दोश्रो चरणको युद्ध सुरु गरेको घोषणा गरेको छ । गाजा क्षेत्रमा इजरेली सेना प्रवेश गरेपछि इजरेलले हमास माथिको कार्बाहीलाई तिव्र बनाएको छ । गाजा क्षेत्रको भुमिमा हस्तक्षेप गर्दै इजरेलले हमासको अखडाहरुमा आक्रमण गरीरहेको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको भनाई छ । 

इजरेलले आक्रमण तिव्र पारेसागै गाजामा मानविय संकट चुलिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । पछिल्लो २४ घण्टामा गाजाबाट निकै न्युन सूचना बाहिरिरहेको राष्ट्रसंघले जनाएको छ । टेलिफोन र इन्टरनेटको सेवा बन्द हुंदा गाजाको अवस्थाबारे कुनै पनि सुचना बाहिर आउन नसकेको राष्ट्रसंघले उल्लेख गरेको छ । गाजामा संकट सुरु भएपछि आजका लागी राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बोलाइएको छ ।

यसअघि इजरेलले सुरु गरेको युद्ध विरुद्धका चार वटा प्रस्ताव अमेरिकाले भिटो प्रयोग गर्दे असफल बनाइसकेको छ । इजरेल गाजा युद्धविराम र मानविय संकट समाधानको बाटो खोज्ने विषयमा सुरक्षा परिषदमा छलफल हुनेछ । 


प्रतिक्रिया