वायु प्रदूषण बढेपछि दिल्लीका विद्यालय दुई दिनका लागि बन्द

कार्तिक १७, २०८० | काठमाडौं

भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको स्तर बढ्दै गएपछि सबै प्राथमिक विद्यालयहरू दुई दिनका लागि बन्द गरिएको छ । 

यस सिजनमा पहिलो पटक दिल्लीमा हावाको गुणस्तर गम्भीर स्तरमा झरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आगामी दुई हप्तामा अझै बिग्रने वैज्ञानिकहरुले अनुमान गरेका छन् ।

 दिल्लीका वातावरण मन्त्रीले स्थितिको समीक्षा गर्न आपतकालीन बैठक आह्वान गर्नु भएको छ । दिल्ली विश्वको सबैभन्दा प्रदूषित शहर मध्ये एक हो ।

 किसानहरूले बालीको अवशेष जलाउने, कम हावाको गति र चाडपर्वहरूमा पटाकाहरू फाल्ने जस्ता विभिन्न कारकहरूका कारण जाडोमा दिल्लीको हावा विषाक्त हुने गर्दछ । 


प्रतिक्रिया