अल्टम्यानको पुनर्बहाली हुने

मंसिर ६, २०८०

ओपनएआईका सह–संस्थापक साम अल्टम्यानलाई बोर्डले बर्खास्त गरेको केही दिनमै कम्पनीले पुनर्बहाली गर्ने भएको छ । कम्पनीको बोर्ड सदस्यहरुमा नयां नियुक्ति हुने भएपछि अल्टम्यानको पुनर्बहाली हुन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

बोर्डले अल्टम्यानलाई बर्खास्त गरेसंगै कर्मचारीहरुले उनलाई पुनर्बहाली नगरे सामूहिक राजीनामा दिने धम्की दिएका थिए । अल्टम्यानले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफु ओपनएआईमा फर्कन लागेको पुष्टी गर्नुभएको बीबीसीले जनाएको छ । गत हप्ताको बोर्ड बैठकले अल्टम्यानलाई हटाउने निर्णय गरेसंगै कम्पनीका कर्मचारीहरु आन्दोलित भएका थिए । 


प्रतिक्रिया