उत्तराखण्डको सुरुङमा फसेकालाई अतिआवश्यक पर्ने सामग्री पाइपबाट पठाइयो

मंसिर ७, २०८० | काठमाडौं

भारतको उत्तराखण्डमा ११ दिन देखि सुरुङ भत्किँदा अलपत्र परेका ४१ जना श्रमिकलाई पाईपबाट अक्सिजन खाना पानी तथा औषधीहरु पठाईएको छ ।

सुरुङमार्ग भित्र अलपत्र परेका श्रमिकलाई पाईपको माध्यमबाट अतिआवश्यक पर्ने सामाग्रीहरु पठाईएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सुरुङ मार्ग भित्र भग्नावशेष पर्खालमा फरक फरक चौढाईका पाइपहरुबाट श्रमिकलाई बाहिर ल्याउनका लागि माईक्रो सुरुङ बनाउने काम भईरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 


प्रतिक्रिया