इजेरल र हमासबीच आजदेखि ४ दिने युद्धविरामको सहमति

मंसिर ८, २०८० | काठमाडौं

इजरेल र प्यालेष्टिनी इश्लामिक समूह हमासबीच भएको ४ दिने युद्धविरामको सहमति आजदेखि कार्यन्व्यन हुदैछ । युद्धविरामको सहमतिसंगै एकअर्काबीच बन्दी रिहाईको प्रक्रीया समेत शुरु हुन लागेको हो । हमासले बन्धक बनाएका १३ इजरेली महिला र बालबालिकालाई पहिलो चरणमा आज रिहा गर्न लागिएको मध्यस्तकर्ताको भूमिका निभाएको कतारले जनाएको छ । हमासले नियन्त्रणमा लिएका बन्धकहरुको सट्टामा इजरेली कारागारमा रहेका प्यालेष्टिनी बन्दी रिहाइको समझदारी भएको छ । इजरेल र हमासबीचको सहमतिसंगै गाजामा सात हप्तादेखि जारी युद्ध केही समयका लागि रोकिएको छ ।

हमासले बन्दक बनाएका मध्ये ५० जनालाई चरणबद्ध रुपमा छाडिने कतारी विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । पहिलो चरणको युद्धविराम सँगै क्षेत्रीय शान्ति कायम गर्न सकिने मध्यस्तता गरिरहेको कतारले अपेक्षा गरेको छ । हमासले ५० बन्धकको रिहाई गर्ने र सट्टामा इजरेलले पनि १ सय ५० प्यालेष्टिनीलाई रिहाई गर्नेछ । चार दिनको अवधिमा नेपाली विद्यार्थी विपिन जोशीलाई समेत छुटाउनका लागि परराष्ट्र मन्त्रालयले प्रयास गरिरहेको स्रोतले जनाएको छ । विपिनलाई हमास समूहले बन्धक बनाएको ४ दिन अघि मात्रै पुष्टि भएको थियो ।


प्रतिक्रिया