वेष्टबैंक क्षेत्रमा ८ प्यालेष्टिनी मारिए

मंसिर ११, २०८० | काठमाडौं

गाजामा जारी युद्धमा विराम भएका समय इजरेली फौजको कारबाहीमा वेष्टबैंक क्षेत्रमा ८ प्यालेष्टिनी मारिएका छन् । वेष्ट बैंकको जेनिन क्षेत्रमा इजरेली फौजको कारवाहीमा अन्य ६ जना मारिएका छन् । इजरेली फौजले जेनिनमा विभिन्न दिशाबाट गोली प्रहार गरेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

हमास समूहको नियन्त्रणमा रहेको गाजामा द्वन्द्व जारी रहेकै समय इजरेलले वेष्ट बैंकमा पनि कारबाही तीब्र पारेको थियो । गाजामा युद्धविराम भएपनि वेष्ट बैंकमा इजरेली फौज क्रियाशिल रहेको अलजजिराले उल्लेख गरेको छ । यसैबीच, हमास र प्यालेष्टाइनबीच जारी युद्धविरामका क्रममा ३९ इजरेली रिहा भएका छन् । ५० इजरेलीलाई छाड्ने क्रममा विदेशीलाई गणना गरीएको छैन । अब प्राथमिकतामा पर्ने बालबालिका, महिला , वृद्धवृद्धा मध्य ११ जनालाई छाड्न बाँकि छ । 


प्रतिक्रिया