अस्ट्रेलियामा विद्युतीय चुरोटकोे आयातमा प्रतिबन्ध

मंसिर १२, २०८० | काठमाडौं

अस्ट्रेलियाले आगामी जनवरीदेखि विद्युतीय चुरोट भेपकोे आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बालबालिकामा निकोटिनको लत कम गर्ने उद्देश्यले अस्ट्रेलिया सरकारले विद्युतीय चुरोटकोे आयातमा प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । त्यस्तै, विद्युतीय चुरोट बनाउन, विज्ञापन गर्न र आपूर्ति गर्नबाट रोक्न नयाँ कानून ल्याउने तयारीमा सरकार जुटेको बीबीसीले उल्लेख गरेको छ ।

अब आउने नयाँ कानूनले विद्युतीय चुरोटलाई विस्थापित गर्ने त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् । धुम्रपान छोड्ने तरिकाको रुपमा विकसित भएको विद्युतीय चुरोटले नयाँ पुस्तामा निकोटिनको लत बसेको भन्दै यसलाई प्रतिबन्ध लगाइएको अस्ट्रेलियाका स्वास्थ्य मन्त्रीलाई उद्दृत गर्दै बीबीसीले जनाएको छ । 

यस वर्षको सुरुमा सिड्नी विश्वविद्यालयले गरेकोअध्ययनले १४ देखि १७ वर्षका एक चौथाइ किशोर–किशोरीमा भेपको लत बसेको पाइएको थियो । भेपसँगै, लिथियम ब्याट्रीबाट चल्ने यन्त्र जसमा निकोटिनको कृत्रिम स्वाद र अन्य रसायन समावेश भएका हुन्छन् त्यसलाई पनि प्रतिबन्ध लगाइएको छ । 


प्रतिक्रिया