फिलिपिन्समा भुकम्प

मंसिर १७, २०८० | काठमाडौं

फिलिपिन्समा दुई शक्तिशाली भुकम्प गएको छ । गएराती स्थानिय समयानुसार राती साढे १० बजेको समयमा ७ दशलमव ६ म्याग्नेच्युडको धक्का महसुस गरीएको हो । त्यसको केही समय पछि ६ दशलमव ४ म्याग्नेच्युडको परकम्प गएको बीबीसीले उल्लेख गरेको छ । भुकम्प लगत्तै सुनामीको खतराको संकेत गरीएपनि हाल खतरा टरेको सुनामी सचेतना प्रणालीले जनाएको छ ।

फिलिपिन्स सँगै जापानमा पनि भुकम्पको धक्का महसुस गरीएको छ । हाल सम्म क्षतिको कुनै विवरण नआएको बीबीसीले उल्लेख गरेको छ । 


प्रतिक्रिया