फिलिपिन्सको एक विश्वविद्यालयमा विस्फोट हुँदा ४ जनाको मृत्यु

मंसिर १७, २०८० | काठमाडौ

फिलिपिन्सको दक्षिणी प्रान्तस्थित मिन्डानाओ स्टेट विश्वविद्यालयको व्यायामशालामा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।

 विष्फोटमा परि ४२ जना घाइते भएका छन् । आज बिहान विश्वविद्यालय भित्र क्याथोलिक प्रार्थना सभाका लागि जम्मा भएका विद्यार्थी र शिक्षक लक्षित विस्फोट भएको बीबीसीले जनाएको छ । 

प्रहरीले विस्फोटमा प्रयोग गरिएको उपकरणको जाँच गरिरहेको जनाएको छ । विश्वविद्यालयले अर्को सूचना जारी नभएसम्मका लागि कक्षा संचालन स्थगित गरेको छ ।


प्रतिक्रिया