इजरेद्धारा गाजाको दक्षिण क्षेत्रमा कारवाही तिव्र

मंसिर १८, २०८० | काठमाडौं

इजरेलले गाजा पट्टीको दक्षिण क्षेत्रमा पुन कारवाही तिव्र पारेको छ । तीन दिनपछि इजरेलले गाजाका बमबारी पनि सुरु गरेको बीबीसीले उल्लेख गरेको छ । एक साता लामो युद्धविराम पछि इजरेलले पूर्ण क्षमतामा हमास विरुद्धको कार्बाहि सुरु गरेको हो । गाजाको खान युनिस क्षेत्रमा कार्बाहि तिव्र बनाइएको छ । इजरेलली फौजले खान युनिस क्षेत्रका स्थानियलाई अन्यत्र जान सुचना समेत जारी गरेको थियो । गाजामा जारी कार्बाहिका क्रममा हमासका सुरुंग मार्ग नष्ट गरेको इजरेली रक्षा फौजले जनाएको छ । 

५ सय सुरुंग नष्ट गरीएको इजरेली दाबी छ । गाजामा ८ सय सुरुंग रहेको अनुमान गरीएको छ । इजरेलले जारी द्धन्द्धका क्रममा १० हजार हवाई आक्रमण गाजामा गरेको समेत तथ्याकं सार्वजनिक गरीएको छ । गाजामा जारी द्धन्द्धका कारण १८ लाख मानिस विस्थापित भएका छन् ।   


प्रतिक्रिया