भारतमा राम मन्दिरमा प्राण प्रतिष्ठा अघि सुरक्षा ब्यवस्था कडा

माघ ७, २०८० | काठमाडौं

भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरमा प्राण प्रतिष्ठा अघि व्यापक सुरक्षा प्रवन्ध मिलाइएको छ । सो स्थानमा ८ हजार भन्दा बढीको सहभागितामा मन्दिरमा प्राण प्रतिष्ठा समारोहको आयोजना गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी सहितको सहभागिता रहने पूजा समारोह अघि १ सय वटा निजी विमान गोरखपुर पुग्ने बताईएको छ ।

सन् २०१९ मा भारतको सर्वाेच्च अदालतले राम मन्दिर स्थापना गर्ने विषयमा गरेको फैसलापछि सा मन्दिर बनाइएको हो । प्राण प्रतिष्ठा अघि भारतीय प्रधानमन्त्री मोदी ११ दिनको उपबासमा हुनुहुन्छ । सन् २०२४ मा लोक सभा निर्वाचन अघि हुन लागेको राम मन्दिरको उद्घाटनले भारतीय जनता पार्टीको चुनाव नतिजालाई प्रभाव पार्ने अपेक्षा गरीएको छ । 


प्रतिक्रिया