नेटोद्वारा शीतयुद्ध पछिकै सबैभन्दा ठूलो सैन्य प्रशिक्षणको तयारी

माघ ११, २०८० | काठमाडौं

एजेन्सी

उत्तर एटलान्टिक सन्धी संगठन नेटोले शीतयुद्ध पछिकै सबैभन्दा ठूलो सैन्य प्रशिक्षणको तयारी सुरु गरेको छ । नेटो सदस्य राष्ट्रका ९० हजार सेना सहित ५० पानी जहाज, ८० युद्धक विमान, १ हजार १ सय युद्धक सवारी साधनको प्रशिक्षणमा प्रयोग गरिने रोयटर्सले उल्लेख छ ।

स्टेड फास्ट डिफेन्डर २०२४ भनिएको सैन्य प्रशिक्षणबाट उत्तर अमेरिका र युरोपमा सेना खटाउने निर्णय भईसकेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि उत्पन्न सुरक्षा खतरालाई ध्यानमा राखेर सैन्य अभियान सुरु गरिएको हो ।

सन् १९८८ पछि नेटोले ९० हजारको संख्याको सेनालाई एकै पटक प्रशिक्षणको तयारी गरेको हो । नेटोले शीतयुद्धको झल्को दिने गरी प्रशिक्षण गर्न लागेको रुसले प्रतिकृया दिएको छ ।


प्रतिक्रिया