विश्व खाद्य कार्यक्रमद्वारा उत्तरी गाजामा खाद्यन्न आपूर्ति बन्द

फाल्गुन ९, २०८० | काठमाडौं

विश्व खाद्य कार्यक्रम डब्लूएफपीले उत्तरी गाँजामा खाद्यान्न आपूर्ति बन्द गरेको छ । गाजामा जारी द्धन्द्ध एवं निरन्तर हिंसाको सामना गर्नुपरेका कारण खाद्यान्न आपूर्ति बन्द गर्नु परेको डब्लूएफपीले उल्लेख गरेको छ । उत्तरी गाजामा खाद्यन्ह आपूर्ति रोक्नुको विषयलाई गम्भिर ढंगले लिएको बताएको डब्लूएफपीले आफ्ना सहायताकर्मीले चर्को भिड, गोलाबारी र लुटबाटको निरन्तर सामना गर्नुपरेको उल्लेख गरेको छ ।

राष्ट्रसंघले गत डिसेम्बर देखि नै गाजा क्षेत्रमा खाद्यान्नको आपूर्ति रोकिन सक्ने चेतावनी दिदै आएको थियो । गाजा क्षेत्रमा चरम भोकमारी र विरामी हुनेको संख्यामा भने केही गिरावट आएको राष्ट्रसंघीय एजेन्सीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघी इजरेली सेनाले गाजाका करिव ११ लाख नागरिकलाई आफ्नो क्षेत्र खाली गर्न र आश्रयस्थल खोज्न गत अक्टोबरमा निर्देशन दिएको थियो । इजरेली सेनाको निर्देशन पालना नगरेका अथवा भाग्न नसक्ने सर्वसाधरणहरु सवैभन्दा बढी प्रभावित भएको बीबीसीले उल्लेख गरेको छ । 


प्रतिक्रिया