युक्रेनले गरेको क्षेप्यास्त्र प्रहारबाट ६० रुसी सेनाको मृत्यु

फाल्गुन १०, २०८० | काठमाडौं

पूर्वी युक्रेनमा रुसले अड्डा जमाएको क्षेत्रमा क्षेप्यास्त्र प्रहारमा परी मस्कोका ६० सैनिकको मृत्यु भएको छ । डोनेट्स्क क्षेत्रमा एक वरिष्ठ कमाण्डरको आगमनको लागि सेनाहरू भेला भएको अवस्थामा युक्रेनले गरेको क्षेप्यास्त्र प्रहारबाट उनिहरुको मृत्यु भएको हो ।

रुसी अधिकारीहरुले क्षेप्यास्त्र आक्रमणको पुष्टि गरेका छन् । तथापी यससँग सम्बन्धित समाचारहरुलाई अतिरञ्जित गरिएको रुसी अधिकारीको भनाई छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेइ शोइगुलाई भेट्नुभन्दा केही घण्टाअघि आक्रमण भएको बीबीसीले उल्लेख गरेको छ ।

 राष्ट्रपति पुटिनसंगको भेटका क्रममा रक्षामन्त्री सर्गेइले युक्रेन युद्धमा आफुहरु बलियो अवस्थामा रहेको व्रिफिङ गरेका थिए ।


प्रतिक्रिया