रुसका ५ सय क्षेत्रमा प्रतिबन्ध लगाउने अमेरीकाको घोषणा

फाल्गुन ११, २०८० | काठमाडौं

अमेरिकाले रुसका विभिन्न ५ सय क्षेत्रमा थप प्रतिबन्ध लगाउने बताएको छ ।

युक्रेनमाथी रुसको कारवाही दुई वर्ष पुरा भएपनि युद्ध रोकिने संकेत नदेखिएकाले अमेरिकाले रुसका विभिन्न क्षेत्रमा थप प्रतिवन्धको घोषणा गरेको हो । युक्रेनविरुद्धको युद्ध रोक्नका लागि रुसलाई दवाव दिने उद्देश्यले विभिन्न क्षेत्रमा प्रतिवन्ध घोषणा गरिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अमेरिकाले अन्य देशहरूसँगको साझेदारीमा चालेको सो कदमले रुसको सैन्य औद्योगिक परिसर र उसले चाहेको सामानमा पहुँच पाएको तेस्रो देशका कम्पनीहरूप्रति लक्षित रहनेछ ।

विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु र जारी युद्धबारे रुसलाई जवाफदेही बनाउन सो निर्णय गरिएको अमेरिकाको दावी छ । यता, युरोपेली युनियन (इयु)ले चिनियाँ र भारतीय कम्पनीहरूलाई लक्षित गरी रुसविरुद्ध नयाँ प्रतिबन्धको प्याकेजमा सहमति जनाएको छ ।

रुसले युद्धलाई समर्थन गरेको आरोपमा इयुले नयाँ प्रतिबन्ध लगाउन लागेको हो । यी प्रतिबन्धबारे भारतीय र चिनियाँ कम्पनीले अझै पनि जवाफ दिन बाँकी छ । 


प्रतिक्रिया