गाजामा अमेरिकाले सेना पठायो

फाल्गुन २७, २०८०

गाजाको तटीय क्षेत्रमा जल मार्ग निर्माणका लागि अमेरिकी सेना उपकरण सहित त्यसतर्फ गएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले समुद्री मार्गबाट गाजामा सहायता पु¥याउन अमेरिकाले सहयोग गर्ने बताए लगत्तै सेनाहरु त्यस तर्फ लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । संयुक्त राष्ट्र संघले गाजा पट्टीमा भोकमरी उच्च बनेको र बालबालिकाहरू भोकले मर्ने अवस्था आएको चेतावनी दिएसंगै अमेरिकाले सो कदम चालेको हो । 

स्थल र हवाई मार्गबाट सहायता वितरण कठिन र खतरनाक साबित भएको छ। गत शुक्रबार मात्र विश्व खाद्य कार्यक्रमका केही कर्मचारीको बन्दुकधारीको आक्रमण र लुटपाटमा परी मृत्यु भएको थियो । पेन्टागनले एक हजार सेनाको सहयोगमा जल मार्ग निर्माण गर्ने जनाएको छ । परोपकारी संस्थाहरूले गाजामा पीडितहरूले लामो समयसम्म पर्खन नसक्ने बताएका छन् । यसैबीच, लगभग २ सय टन खाद्यान्नले भरिएको सहायता जहाज साइप्रसको बन्दरगाहमा रोकिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायल र प्यालेष्टाइनबीचको द्वन्द्वले मानवीय संकट सिर्जना गरेको छ । इजरायललाई सहायता प्रयासमा बाधा पु¥याएको आरोप लगाइएको छ । 


प्रतिक्रिया