९६ औं संस्करणको ओस्कार अवार्डमा ओपेनहाइमर चलचित्रको वर्चस्व

फाल्गुन २८, २०८० | काठमाडौं

९६ औं संस्करणको ओस्कार अवार्डमा ओपेनहाइमर चलचित्रले वर्चस्व कायम गरेको छ । ओपेनहाइमरले यो वर्षको उत्कृष्ट चलचित्र सहित७ वटा विधामा ओस्कार अवार्ड चुमेको हो । 

अमेरिकाको लस एन्जलसमा सम्पन्न अवार्ड समारोहमा ओपेनहाइमरले सर्वश्रेष्ठ चलचित्र निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरसहित फिल्मले अवार्ड जितेको बीबीसीले जनाएको छ । 

क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बन्नु भयो भने किलियन मर्फीले अभिनेता विधामा जीत हात पार्नु भयो । ओपेनहाइमर १३ वटा विधामा मनोनयन भएको थियो ।

आणविक बमका आविष्कारक भौतिक शाष्त्री रोबर्ट जे ओपेइनहाइमरको जीवनीमा चलचित्र बनेको थियो । यस्तै पोअर थिङ्स चलचित्रबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड एम्मा स्टोनले हात पार्नु भयो ।

सो चलचित्रले उत्कृष्ट मेकअप, पोशाक डिजाइन लगायतमा अवार्ड हात पार्यो । द होल्डोभर्सकी स्टार डाभिन जोय रान्डोल्फले सर्वोत्कृष्ट सहायक अभिनेत्रीको अवार्ड हात पार्नु भयो । 

ओस्कार अवार्ड कार्यक्रम केही देशका लागि ऐतिहासीक बनेको थियो । युक्रेनले उत्कृष्ट वृत्तचित्रबाट पहिलो पटक ओस्कार अवार्ड जित्न सफल भयो । यस्तै बेलायतले द जोन अफ इन्टरेस्टका लागि उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्र जित्न सफल भएको थियो । 


प्रतिक्रिया