गाजा युद्धको प्रभाव स्वास्थ्य क्षेत्रमा

फाल्गुन २९, २०८० | काठमाडौं

गाजा क्षेत्रमा जारी युद्धको प्रभाव स्वास्थ्य क्षेत्रमा समेत उच्च भएको छ ।

अत्यावश्यक सामग्रीको अभाव बढ्दै जाँदा त्यहाँ २ हजार भन्दा बढी स्वास्थ्यकर्मी भोकमरीमा परेका छन् ।

मानवीय सहायता सामग्रीको अभाव जारी रहँदा अस्पतालहरुको सेवा प्रभावित हुँदै आएकोमा स्वास्थ्यकर्मी नै भोकमरीमा परेको खबर बाहिरिएको हो ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले गाजा क्षेत्रमा अत्यावश्यक सामग्रीका लागि विभिन्न देशलाई आग्रह गर्दै आएको छ ।

अक्टोबर ७ यता गाजा क्षेत्रमा इजरायली आक्रमणमा कम्तिमा ३१ हजार बढी प्यालेस्टाइनी मारिएका छन् । यस्तै ७२ हजार ६५४ घाइते भएको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।


प्रतिक्रिया