बर्दियामा रेविज विरुद्धको खोप अभाव

वैशाख २१, २०८१ | बर्दिया

बर्दियाका अस्पतालमा रेविज विरुद्धको खोप नहुँदा बिरामी प्रभावित भएका छन् ।

जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रमा खोप आपूर्ती नहुँदा बिरामीहरु पछिल्लो एक महिनादेखि सेवाबाट बञ्चीत भएका हुन् । खोपको अभाव हुन थालेपछि बिरामीहरु जिल्ला बाहिरका अस्पतालमा जान बाध्य भएका छन् ।

सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने खोपलाई नीजि अस्पतालहरुले ८ सय रपैयाँसम्म लिने गरेको स्थानीयको गुनासो छ ।

बर्दियामा गत साउन यता हालसम्म करिब १ हजार ४ सय ४१ जना  कुकुरको टोकाईबाट घाईते भएको स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क छ । कार्यालय प्रमुख गोकर्ण गिरीका अनुसार कुकुरको टोकाईबाट घाईते भई आएकाहरु खोप अभावले नेपालगञ्ज,कोहलपुर लगायत ठाँउमा जाने गरेका छन् ।

जिल्लामा वार्षिक करिब ४ सय भायल खोप आउने गरेपनि पर्याप्त हुन नसकेको स्वास्थ्यकर्मी बताउ‘छन् । बर्दियामा तत्काल ३ सय ७० भायल खोपको आवश्यकता रहेको गिरीले बताउनुभयो ।  


प्रतिक्रिया