शक्तिशाली ज्वालामुखी विस्फोटपछि दक्षिणी आईसल्याण्डमा आपतकालको घोषणा

चैत्र ४, २०८० | काठमाडौं

दक्षिण आइसल्याण्डको रेक्जेनेस प्रायद्वीपमा ज्वालामुखी विस्फोटका कारण आपतकालको अवस्थाको घोषणा गरिएको छ ।

विस्फोटका कारण स्थानीय नागरिक प्रभावित बनेका छन् ।

उत्तरी ग्रिन्डाविकको हागाफेल र स्टोरा–स्कोगफेल बाट ज्वालामुखी विस्फोट सुरु भएको बीबीसीले जनाएको छ ।

 ज्वालामुखी विस्फोटपटि ब्लू लगूनविमानस्थलको उड्डयन तत्कालका लागि बन्द गरिएको छ ।

सन् २ हजार २१ यता सो क्षेत्रमा सातौ पटक ज्वालामुखी विस्फोट भएको हो । 

पर्यटकीय केन्द्रको रुपमा रहेको सो क्षेत्रमा डिसेम्बरयता मात्रै चौथो पटक विस्फोट भएको हो ।

डिसेम्बरमा ज्वालामुखी बिस्फोटकै कारण स्थिापित भएका ग्रिन्डाविकका करिब चार हजार बासिन्दाहरूलाई एक महिना अघि मात्रै आफ्नो घर फर्कन अनुमति दिइएको थियो । 

जसमा सय जना मात्रै घर फर्कन सकेका थिए । 

यस्तै फेब्रुअरीमा भएको अर्को विस्फोटमा खानेपानी लगायतका क्षेत्रहरु अवरुद्ध बनेका थिए ।

आइसल्याण्डमा ३३ वटा ज्वालामुखी प्रणालीहरु रहेको बताइएको छ । 


प्रतिक्रिया