अमेरिकी विदेशमन्त्री ब्लिङ्कन फिलिपिन्समा

चैत्र ६, २०८०

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन फिलिपिन्स भ्रमणमा पुग्नुभएको छ । पछिल्ला महिनामा चीनसँग क्षेत्रीय तनाव बढिरहेका बेला अमेरिकी विदेशमन्त्री आफ्नो सहयोगी मुलुक फिलिपिन्स पुग्नुभएको हो । भ्रमणको पहिलो दिन बोल्दै ब्लिङ्कनले फिलिपिन्सलाई थप सहयोगको प्रतिवद्धता समेत जनाउनुभएको छ । फिलिपिन्सलाई बलियो सुरक्षा प्रदान गर्ने विदेशीमन्त्रीको भनाइ छ । साउथ चाइना सीमा चीन र फिलिपिन्सबीच केही महिनादेखि तनाव चुलिदै गएको छ । फिलिपिन्सका विदेशमन्त्रीसँग आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले फिलिपिन्सलाई सैन्य लगायत साझेदारीमा सहयोग गर्ने बताउनुभएको छ । भ्रमणका क्रममा उहाँले फिलिपिन्सका अधिकारीसँग व्यापार र वाणिज्यबारे पनि छलफल बीबीसीले जनाएको छ । 


प्रतिक्रिया