उत्तर कोरियाद्वारा लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण

चैत्र ७, २०८० | काठमाडौं

उत्तर कोरियाले अत्याधुनिक प्रविधियुक्त लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।

नेता किम जोङ उनको उपस्थितीमा उत्तर कोरियाले अर्को शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरेको अलजजिराले जनाएको छ ।

ब्यालेस्टिक क्षेप्यास्त्र लगातार प्रक्षेपण गरेको भन्दै दक्षिण कोरिया र जापानको आलोचना खेपेको उत्तरले नेता किमको उपस्थितीमा लामो दुरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

उत्तर कोरियाले अन्तर कोरियाली नीति तोड्दै हतियार परीक्षणलाई तीव्रता दिएको विश्लेषण भएका छन् ।

अमेरिका लगायत पश्चिमा देशले उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएपनि उसले त्यसलाई अस्वीकार गर्दै आएको छ । 


प्रतिक्रिया