भारत विश्वकै तेस्रो प्रदूषित मुुलुक

चैत्र ७, २०८०

सन् २०२३ को वर्ष भारतको नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूूषित राजधानी शहर बनेको छ । स्वीट्जरल्याण्डस्थित स्वीस एअर क्वालिटि टेक्नोलोजी संस्थाको वायु गुणस्तर अनुगमन समूहको अध्ययनले यस्तो देखाएको हो ।

सो अध्ययन प्रतिवेदनअनुुसार छिमेकी देश बंगलादेश र पाकिस्तान पछि भारत विश्वको तेस्रो सबैभन्दा प्रदूषित देशको रूपमा पनि स्थान ओगटेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रतिवेदनले सन् २०२२ देखि नै भारतको वायु खराब हुँदै गएको उल्लेख छ । पछिल्लो समय वायु प्रदूषण भारतका धेरै शहरहरूमा गम्भीर समस्याको रुपमा देखिन थालेको छ । तीव्र औद्योगीकरण र वातावरण सम्वन्धि कानूनको कमजोर कार्यान्वयनले त्यहाँ प्रदूषण बढाउन भूमिका खेलेको बताइएको छ । 


प्रतिक्रिया