हङकङको राष्ट्रिय सुरक्षा कानूनलाई लिएर पश्चिमा नेता र अधिकारकर्मीको आलोचना

फाइल फोटो  

चैत्र ८, २०८० | काठमाडौं

हङकङमा हालै पास भएको राष्ट्रिय सुरक्षा कानूनलाई लिएर पश्चिमा राष्ट्रका नेता र अधिकारकर्मीले आलोचना गरेका छन् ।

 संसदबाट पारित भएको नयाँ राष्ट्रिय सुरक्षा कानूनले हङकङको स्वतन्त्रतालाई थप कमजोर बनाउने उनीहरुको टिप्पणी छ । चीन सर्मथित सो संसदबाट पारित कानूनमा राजद्रोह, आतङ्कवाद र विदेशीको सहयोगमा राष्ट्रिय सुरक्षालाई जोखिममा पु¥याउन प्रतिबन्ध लगाउने सहितका प्रावधान राखिएका छन् ।

 सो प्रावधानले नागरिकको स्वतन्त्रतालाई थप हनन गर्ने पश्चिमी नेता र अधिकारकर्मीको भनाई उदृत गर्दै बीबीसीले जनाएको छ । सरकारी अधिकारीहरुले भने नयाँ सुरक्षा कानून हङकङको स्थायीत्वका लागि ल्याएको बताएका छन् । 

यता अधिकारकर्मीहरुले भने संसदबाट पारितभएको कानून नागरिकका लागि खुला जेल सरह हुने प्रतिकृया दिएका छन् । हङकङमा नयाँ सुरक्षा कानूनका लागि लामो समयदेखि दबाब दिएको चीनले विरोधीहरुको प्रयास असफल हुने बताएको छ ।


प्रतिक्रिया