सुब्यान्टा इन्डोनेसियाको नयाँ राष्ट्रपतिमा निर्वाचित

चैत्र ९, २०८० | काठमाडौं

इन्डोनेसियाको नयाँ राष्ट्रपतिमा प्राबोवो सुब्यान्टो निर्वाचित हुनु भएको छ ।

रक्षामन्त्री समेत रहेका सुब्यान्टोले गत महिनामा भएको निर्वाचनबाट ५८.५९ प्रतिशत मत प्राप्तगर्नुभएको हो । 

आफ्ना दुई प्रतिद्वन्द्वी एनीस बास्वेदन र गञ्जर प्रनोवोलाई हराउँदै उहाँ नयाँ राष्ट्रपतिमा निर्वाचित हुनु भएको बीबीसीले जनाएको छ ।

नवनिर्वाचित राष्ट्रपति ७२ वर्षिय सुब्यान्टोमाथि मानव अधिकार हननको आरोप समेत लाग्दै आएको छ ।

सुब्यान्टोले अक्टोबरमा पदभार ग्रहण गर्ने बताईएको छ । उहाँका प्रतिद्धन्द्धी एनीसले २५ प्रतिशत र गञ्जरले १६ प्रतिशत मत मात्रै प्राप्त गरेको बीबीसीले उल्लेख गरेको छ । 


प्रतिक्रिया