मस्कोको कन्सर्ट हलमा भएको आक्रमणमा संलग्न चार जना पक्राउ

चैत्र १२, २०८० | काठमाडौं
रुसले राजधानी मस्कोस्थित कन्सर्ट हलमा आक्रमणमा संलग्न चार जनाविरुद्ध मुद्दा चलाएको छ ।
चारै जनालाई आतङ्कवादी कार्य गरेको आरोपमा मुद्दा चलाएको बीबीसीले जनाएको छ ।
पक्राउ परेका चार जनालाई अभियुक्तलाई आँखामा पट्टी बाँधेर मस्कोको अदालत लगिएको छ । जसमध्ये एक ह्वीलचेयरमा थिए । सबै अभियुक्त घाइते अवस्थामा छन् ।
मस्कोस्थित कन्सर्ट हलमा शनिबार भएको आक्रमणमा परि १ सय ३७ जनाको मृत्यु भएको थियो । इस्लामिक स्टेट समूह आइएसले शुक्रबार क्रोकस सिटी हलमा भएको आक्रमणको जिम्मा लिएको थियो ।
यसैबीच, रुसी अधिकारीहरुले कुनै प्रमाण विना नै सो घटनामा युक्रेनको संलग्नता रहेको आरोप लगाएका छन् । तर, युक्रेनले सो आरोपको खण्डन गर्दै आएको छ ।