इजरायल र प्यालेष्टाइनको विद्रोही हमासबीच युद्धविराम आवश्यकः संयुक्त राष्ट्रसङ्घ

चैत्र १२, २०८० | काठमाडौं

संयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुट्रेसले इजरायल र प्यालेष्टाइनको विद्रोही हमासबीच युद्धविराम आवश्यक रहेको बताउनुभएको छ ।

जोर्डनको भ्रमणमा रहेका महासचिव गुट्रेसले युद्धविरामका लागि आग्रह गर्नुभएको हो । यस्तै , रफाहमा भएको आक्रमणले मानवीय विपत्ति निम्त्याउन सक्ने उहाँको भनाई छ ।

अमेरिका, युरोपेली युनियन लगायतले रफाहमा भएको आक्रमणले मानवीय प्रकोप निम्त्याउन सक्ने निष्कर्ष निकालेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो समय इजरायलले प्यालेष्टानी विद्रोही समूहविरुद्ध आक्रमणलाई तीब्र बनाएको छ ।    


प्रतिक्रिया