अमेरिकामा लाखौ मानिसहरुको व्यत्तिगत विवरण चुवाहट

चैत्र १८, २०८० | काठमाडौं

अमेरिकाको सबैभन्दा ठूलो मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एटी एण्ड टी बाट ७ करोड ३० लाखमानिसहरुको व्यत्तिगत विवरण चुवाहट भएको छ ।

सो कम्पनीमा मानिसहरुले आफ्नो व्यक्तिगत पासकोड, ठेगाना, सुरक्षा नम्बर तथा वित्तीय विवरण राखेका थिए । 

अमेरिकाभरि करिब २९ करोड मानिसहरूलाई मोबाइल र इन्टरनेट सेवा मार्फत समेटेको सो कम्पनीबाट ७ करोड ३० लाखमानिसहरुको व्यत्तिगत विवरण चुवावट भएको बीबीसीले जनाएको छ । 

व्यक्तिगत विवरण चुवाहटबारे अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ ।

सन् २०१९ बाट नै सो कम्पनीमा रहेका मानिसहरुको व्यक्तिगत विवरण चुवाहट हुने गरेको पत्ता लागेको हो ।

वित्तिय जानकारीबारेको विवरण भने चुवावट नभएको बताइएको छ । 

सो घटनापछि ग्राहकले आफ्नो पासकोड स्वचालित रूपमा रिसेट गरेका छन् । आफ्नो खाताबारे सजग रहन कम्पनीले आग्रह गरेको छ ।


प्रतिक्रिया