आप्रवासन प्रवेशको नियममा न्यूजिल्याण्ड सरकारको कडाइ

चैत्र २६, २०८० | काठमाडौं

आप्रवासन प्रवेशको नियममा परिवर्तन गर्दै न्यूजिल्याण्ड सरकारले कामदारका लागि भिजा प्रणालीमा कडाई गरेको छ ।

अस्वभाविक रुपमा आप्रवासीको संख्या वृद्धि भएको भन्दै न्यूजिल्याण्ड सरकारले भिजा प्रणालीमा कडाई गरेको हो । सीपको कमी भएका आवेदकले समेत कम्तीमा पनि अंग्रेजी भाषामा निपुण हुनुपर्ने नियम बनाइएकोे बीबीसीले जनाएको छ ।

यसअघि, कामदार भिजा प्रणाली अन्तर्गत प्रवेश गर्नेले सुरुमा ५ वर्ष बस्न दिने नियम भएपनि घटाएर ३ वर्षमा झारिएको छ ।

आप्रवासन मन्त्री एरिका स्टेनफोर्डले न्यूजील्याण्डको अर्थव्यवस्थालाई सुदृढ गर्न समेत आप्रवासनको नियमलाई परिवर्तन गरिएको बताउनुभएको छ । न्यूजिल्याण्डमा झन्डै १ लाख ७३ हजार आप्रवासीहरु बसोबास गरिरहेको बताइन्छ । 


प्रतिक्रिया