इजरेलमा आक्रमण हुनु अगाडी चेतावनी दिइएको इरानको दाबी

वैशाख ३, २०८१ | काठमाडौं

इजरेलमा आक्रमण हुनु अगाडी चेतावनी दिइएको इरानले दाबी गरेको छ । इरानले इजरेललाई चेतावनी दिएको बताएपनि अमरेकाले भने सो भनाईको खण्डन गरेको छ ।

टर्की, जोर्डन र इराकी अधिकारीले भने ड्रोन आक्रमण हुनु केही दिन अगावै सूचना दिएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यता, अमेरिकाले भने इरानले कुनै सूचना नदिएकाले भविष्यमा समेत ठूला आक्रमण गर्ने संकेत भएको आरोप लगाएको छ ।

सिरियामा आफ्नो दुतावासमा भएको आक्रमणको जवाफी कारबाही स्वरुप इरानले इजरेलमा सय बढी ड्रोन र मिसाइल आक्रमण गरेको छ ।

यसैबीच, इरानका विदेशमन्त्री होसिन अमिराब्दुलियनले छिमेकी मुलुक र इजरेलको सहयोगी गठबन्धन अमेरिकालाई ७२ घण्टा अगाडी सूचना दिएको बताएको छ ।    


प्रतिक्रिया