पाकिस्तान र अफगानिस्तानमा आँधीका कारण सयौँको मृत्यु

वैशाख ४, २०८१

पाकिस्तान र अफगानिस्तानमा गरी बाढी र आँधी हुरीका कारण एक सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पाकिस्तानमा आँधीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको र आपतकालिन सेवालाई उच्च सतर्क रहन निर्देशन दिएको त्यहाँका अधिकारीले बताएका छन् । 

पाकिस्तानमा अधिकांश मृत्युको रिपोर्ट खैबर पख्तुनख्वा प्रान्तको उत्तर पश्चिमी भूभागबाट आएको छ । सरकारले बढी क्षति भएका दक्षिण पश्चिम क्षेत्रमा आपतकाल घोषणा समेत गरेको छ । उता, अफगानिस्तानका अधिकारीहरूले पनि अविरल वर्षापछि आएको बाढी र चट्याङमा परि कम्तिमा ५० जनाको मृत्यु भएको जानकारी दिएका छन् । 

त्यस्तै, ३६ जना घाइते भएको अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले आजजनाएको छ । तालिबान अधिकारीका अनुसार आँधी र वर्षाले ६ सयभन्दा बढी घर क्षतिग्रस्त भएका छन् । 


प्रतिक्रिया