म्यानमारमा विद्रोही समूह करेन गुरिल्ला र राज्यको सेनाबीच झडप

वैशाख ८, २०८१ | काठमाडौं

म्यानमारमा विद्रोही समूह करेन गुरिल्ला र राज्यको सेनाबीच थाइल्याण्डसँग जोडिएको सीमावर्ती क्षेत्रमा हिंसात्मक भिडन्त हुन थालेपछि सयौँको संख्यामा नागरिक भागेर थाइल्याण्ड पुगेका छन् ।

पछिल्लो झडप दोस्रो थाई–म्यानमार मैत्रीपुलमा बसेका सेनाविरुद्ध करेन गुरिल्लाहरूले आक्रमण गरेपछि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सो भिडन्त हालै जातीय गुरिल्लाहरूले कब्जा गरेको सीमावर्ती सहरमा भएको हो । म्यान्मारका झन्डै १ हजार ३ सय नागरिक देशको पूर्वीभागबाट भागेर थाइल्याण्डमा आएको थाई अधिकारीले बताएका छन् ।

गतहप्ता करेन जातीय अल्पसंख्यकका लडाकूले सेनाको चौकीसहितका स्थान कब्जा गरेका थिए ।


प्रतिक्रिया