रफाहमा इजरायलको आक्रमणः १८ जनाको मृत्यु

वैशाख ९, २०८१ | काठमाडौं

प्यालेस्टाइनस्थित गाजाको दक्षिणी शहर रफाहमा इजरायली आक्रमणमा परि १८ जनाको मृत्यु भएको छ ।

त्यसमा १४ जना बालबालिका समेत परेको स्वास्थ्य अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलले रफाहमा दैनिक हवाई आक्रमण गरेको छ ।

त्यहाँ बसेका जनसंख्याको आधा भन्दा बढीले सुरक्षित स्थानमा शरण खोजिरहेका छन् । यता अमेरिकाले निषेध गर्न अन्तर्राष्ट्रिय आह्वान गरेको बाबजुद इजरायलले इजिप्टको सीमासम्म आफ्नो भूभाग विस्तार गर्ने घोषणा गरिसकेको छ ।

इजरायलले गाजामा आक्रमण गर्दा अमेरिकाले आफ्नो नजिकको सहयोगीलाई अरबौं डलरको अतिरिक्त सैन्य सहायता अनुमोदन गर्ने क्रममा थियो । अमेरिकाको सिनेटले २६ अर्ब डलरको सहायता प्याकेजलाई अनुमोदन गरेको हो । 


प्रतिक्रिया