रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा

जेष्ठ ३, २०८१ | काठमाडौं

दुई मुलुकबीच रणनीतिक साझेदारीलाई थप मजबुत बनाउने उद्धेश्यले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा जानुभएको छ ।

चीन भ्रमणका क्रममा राष्ट्रपति पुटिन र समकक्षी सी जिनपिङबीच उद्योग, प्रविधि तथा उर्जाका क्षेत्रमा घनिष्ट सहकार्य निर्माण गर्ने लक्ष्य राखिएको छ ।

रुस र चीनबीच व्यापार तथा सैन्य क्षेत्रमा सहकार्य हुंदै आएको छ । युक्रेनमा आक्रमण सुरु गरेसंगै पश्चिमा राष्ट्रबाट प्रतिवन्धका बीच रुसलाई चीनले व्यापार तथा सैन्य सहयोग गर्दै आएको छ ।

रुसलाई चीनले उपलब्ध गराउंदै आएको सैन्य सामग्री विरुद्ध अमेरिकाले दवाव दिंदै आएको छ ।

केही समय अघि बेइजिङ भ्रमणका क्रममा अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रुसलाई हतियार सहयोग नगर्न अमेरिकालाई चेतावनी जारी गर्नुभएको थियो ।

आगामी ६ वर्षे कार्यकालका लागि निर्वाचित भएपछि पहिलो अन्तर्राष्ट्रिय भ्रमणका रुपमा राष्ट्रपति पुटिन चीन जानुभएको हो ।  


प्रतिक्रिया