फ्रान्सको सहयोगमा चीनद्वारा खगोलिय उपग्रह प्रक्षेपण

असार ९, २०८१ | काठमाडौं

चीनले फ्रान्सको सहयोगमा खगोलिय उपग्रह प्रक्षेपण गरेको छ । 

चीन र फ्रान्सका वैज्ञानीकले २० वर्षदेखि गरिरहेको खोज र अध्ययनको प्रयासपछि ब्रहमाण्डका विभिन्न किरणलाई कैद गर्ने उद्देश्यले सो उपग्रह प्रक्षेपण गरिएको हो ।

 चीनको सिचुवान प्रान्तको दक्षिण पश्चिमस्थित सिचाङ स्याटलाइट लन्च सेन्टरबाट सो उपग्रह प्रक्षेपण गरिएको हो ।

 पाँच वर्ष आयु भएको सो उपग्रह पृथ्वी भन्दा ६ सय किलोमिटर टाढा पठाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

यद्यपी, वैज्ञानिकहरुले भने सो उपग्रहले २० वर्ष सम्म काम गर्न सक्ने बताएका छन् ।    


प्रतिक्रिया