जापानका प्रधानमन्त्री किसिदा राजीनामा दिने तयारीमा
श्रावण ३०, २०८१ | काठमाडौं
जापानका प्रधानमन्त्री फूमियो किसिदाले राजीनामा दिने तयारी गर्नुभएको छ । प्रधानमन्त्री किशिदाले आगामी सेप्टेम्बर महिनामा राजीनामा दिने तयारी गर्नुभएको हो ।
सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को आगामी सेप्टेम्बर महिनामा निर्वाचनमा भाग नलिने भएसँगै उहाँले राजीनामा दिनुहुने भएको हो ।
एलडीपीका वरिष्ठ नेता समेत रहेका ६७ वर्षीय प्रधानमन्त्री किशिदाले पार्टीको निर्वाचनअगावै राजीनामा दिन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।
किसिदाले सन् २०२१ देखि प्रधानमन्त्रीको पद सम्हादै आउनुभएको थियो । आर्थिक घोटाला, महङ्गो जीवनशैली र आमनागरिकमा निरासाका कारण उहाँको तीनवर्षे कार्यकाल आलोचित छ ।