रुस युक्रेन युद्धमा ७० हजार भन्दा बढी स्यंसेवक मारिए

आश्विन ४, २०८१ | काठमाडौं

रुसका तर्फबाट युक्रेनविरुद्ध युद्ध लडेका ७० हजार भन्दा बढी मानिस मारिएको तथ्य बाहिरिएको छ ।

युक्रेन विरुद्धको युद्ध सुरु भएपछि सेनामा भर्ती भएका, कैद सजाय भुक्तान गरिरहेका एवं स्यंमसेवक मारिएको बीबीसीको एक अध्ययनले देखाएको छ ।

मारिएका मध्ये १३ हजार ७ सय ८१ स्यंसेवक एवं १९ प्रतिशत विभिन्न मुद्धामा कैद सजाय भोगिरहेका नागरिकहरु छन ।

कैदीहरुले संजायको बदलामा युद्धमा सामेल भएको बीबीसीले उल्लेख गरेको छ ।

युक्रन युद्धमा मारिने ७० हजार १ सय १२ जनाको पहिचान खुले पनि यो संख्या अझै बढ्न संक्ने बताईएको छ ।

मृतकका परिवारले खुलस्त बोल्न नचाहेकाले पनि मारिनेको तथ्यांक फरक पर्न सक्ने बीबीसीले जनाएको छ । 


प्रतिक्रिया