माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा

आश्विन २०, २०८१ | काठमाडौं

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले भारत भ्रमण सुरु गर्नुभएको छ ।

आर्थिक संकटबाट गुज्रिएको माल्दिभ्समा सुधारको पहल स्वरुप राष्ट्रपति मुइज्जुले भारत भ्रमण गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

गत वर्ष राष्ट्रपतिमा निर्वाचित मुइज्जुले पहिलो पटक भारतको औपचारिक भ्रमण गर्नुभएको हो । माल्दिभ्समा बढ्दो भारतीय प्रभावविरुद्ध लड्ने एजेन्डासहित मुइज्जु निर्वाचनमा होमिनु भएको थियो ।

मुइज्जु राष्ट्रपतिमा निर्वाचित भएसँगै दुई मुलुकबीचको सम्बन्धमा दरार आएको विश्लेषण हुँदै आएको थियो । यसैबीच माल्दिभ्स पछिल्लो समय चरम आर्थिक संकटबाट गुज्रिरहेको छ ।

विदेशी मुद्राको सञ्चिति घटेर ४४ करोड अमेरिकी डलरमा झरेको छ जुन रकमले डेढ महिनाका लागि मात्र वस्तु तथा सेवा आयात गर्न सकिने बताइएको छ ।    


प्रतिक्रिया