दिल्लीको प्रदूषण नियन्त्रण बाहिर

कार्तिक १६, २०८१ | काठमाडौं

भारतको राजधानी नयाँ दिल्लीमा दीपावलीका अवसरमा आतिशबाजीमा लगाइएको प्रतिबन्धको बाबजुद प्रदूषण नियन्त्रणभन्दा बाहिर पुगेको छ । 

दिल्लीका स्थानीयले पर्वमनाउने क्रममा अदालतको आदेशलाई उल्लङ्घन गर्दा वायु प्रदूषण नियन्त्रण बाहिर पुगेको हो । 

यसअघि भारतको सर्वोच्च अदालतले गत महिना स्वच्छ हावा एक मौलिक मानव अधिकार भएको फैसला गर्दै केन्द्र सरकार र राज्य स्तरका अधिकारीहरूलाई पटाका बनाउने र किनबेच गर्ने जोकोहीलाई कारबाही गर्न आदेश दिएको थियो ।

 पटाकाबाहेक दिल्ली वरपरका खेतबारीमा हिउँदे खेती लगाउनुअघि सफा गर्न पराल जलाउने तथा जाडोमा बिहान बेलुका बालिने आगोबाट निस्किने धुवाँका कारण पनि वायु प्रदूषण बढ्ने गरेको छ । 


प्रतिक्रिया