लाओसमा रहेका आफ्ना नागरिकलाई मदिरा सेवन नगर्न अस्ट्रेलियाको आग्रह
मंसिर १४, २०८१ | काठमाडौं
अष्ट्रेलियाले लाओसमा यात्रा गर्ने आफ्ना नागरिकलाई त्यहाँको केही मदिरा प्रयोग नगर्नसचेत गराएको छ ।
लाओसको टाइगर भोड्का र टाइगर व्हिस्की नामक दुईवटा मदिरा सेवन नगर्न अस्ट्रेलियाले आफ्ना नागरिकलाई सू–सूचित गरेको हो । गम्भीर सुरक्षाको कारण देखाउँदै अस्ट्रेलियाले आफ्ना नागरिकलाई मदिरा नपिउन आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।
मदिरा सेवनपछि ६ जनाको मृत्यु भएको समाचार सार्वजनिक भएपछि अस्ट्रेलियाको परराष्ट्र मामिला विभागले वेबसाइटमार्फत् सुरक्षा सम्बन्धी सूचना जारी गरेको हो । मदिरामा विषाक्त मेथानोल भएको हुनसक्ने आशङ्का गरिएको छ ।
लाओसका अधिकारीले स्वास्थ्यको लागि खतरा भएको कारण देखाउँदै ती दुई उत्पादनको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।