दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव पारित

मंसिर २९, २०८१ | काठमाडौं

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्ध महाअभियोग प्रस्ताव संसदबाट पारित भएको छ । 

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार दोस्रो पटक दर्ता भएको महाभियोग प्रस्तावको पक्षमा २ सय ४ मत र विपक्षमा ८४ मत परेको थियो । सत्ता पक्षका सांसदले समेत साथ दिएपछि महाअभियोग प्रस्ताव पारित हुन चाहिने मत पुगेको हो ।

 यसअघि ल्याइएको महाअभियोगको प्रस्तावमा आवश्यक संख्या जुट्न नसकेपछि राष्ट्रपति युन महाअभियोगबाट जोगिनुभएको थियो । महाअभियोग प्रस्ताव पारित भएसँगै राष्ट्रपति युन निलम्बन भएसँगै प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाउनुभएको छ । 

राष्ट्रपति योलले डिसेम्बर ३ मा राष्ट्रहितका लागि भन्दै सैन्य कानुन लागु गरेको घोषणा गरेपछि दक्षिण कोरियामा तनाव सृजना भएको थियो । संसदले सो घोषणा अमान्य रहेको ठहर गरेपछि राष्ट्रपतिले ६ घण्टाकै अन्तरालमा आफ्नो घोषणा फिर्ता लिनुभएको थियो । 


प्रतिक्रिया