गाजा क्षेत्रमा १५ महिनादेखि जारी युद्ध अन्त्य गर्ने सहमति

माघ ३, २०८१ | काठमाडौं

इजरायल र प्यालेष्टाइनी लडाकु समूह हमासबीच गाजा क्षेत्रमा १५ महिनादेखि जारी युद्ध अन्त्य गर्ने सहमति भएको छ ।

अमेरिकाको सहयोगमा कतारको मध्यस्थतामा युद्धविराम सम्बन्धी सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

सम्झौतासँगै त्यसको पक्षमा इजरायली संसदमा आज मतदान हुँदैछ । आइतबार इजरायलबाट घोषणा भएसँगै युद्धविरामले औपचारिक रुप लिने बताइएको छ । युद्धविराम सुरु भएको पहिलो ६ महिनासम्मा इजरायलले आफ्ना सेना फिर्ता लानेछ ।

यस्तै, दुवै मुलुकका बन्दी रिहाइको प्रक्रिया समेत सुरु हुने जनाइएको छ । युद्धका क्रममा इजरेली आक्रमणका कारण ४६ हजार प्यालेष्टानीको मृत्यु भएको थियो । यसैबीच, इजिप्ट, बेलायत, संयुक्त राष्ट्रसंघ, जोर्डन, जर्मनी, संयुक्त अरब इमिरेट्स लगायत राष्ट्रले स्वागत गरेका छन् । 


प्रतिक्रिया