बन्दी रिहा नगरेको भन्दै इजरायद्वारा गाजा क्षेत्रमा आक्रमण, ९१ जनाको मृत्यु

चैत्र ८, २०८१ | काठमाडौं
इजरायलको आक्रमणका कारण गाजा क्षेत्रमा थप ९१ जनाको मृत्यु भएको छ । करिव २ महिना लामो युद्धबिराम भङ्ग गर्दै इजरायलले गाजा क्षेत्रमा आक्रमण तिव्र पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
हमासले आफ्ना बन्दी रिहाई नगरेको भन्दै इजरायलले आक्रमण सुरु गरेको हो । इजरायलका तर्फबाट पछिल्लो पटक गाजाको साबोउरा जिल्लास्थित क्षेत्रमा स्थलगत हमला भएको हो । सो क्षेत्रमा इजराली सेनाद्वारा पर्चाहरु जारी गर्दै स्थानीयलाई सो क्षेत्र बाहिर जान निर्देशन गरिएको छ ।
यसैबीच, प्यालेष्टाइनी लडाकु समूह हमासले शान्ति सम्झौता लम्ब्याउने गरि वार्ता गर्न चाहेको बताएको छ । यस्तै, इजरायलले गाजाको उत्तर–दक्षिण क्षेत्र जोड्ने सडक समेत बन्द गरेको छ । इजरायलले आक्रमण गरेसंगै हमासले पनि जवाफी कारवाही स्वरुप रकेट बम प्रहार गरेको छ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।