इरानमा बढ्दो प्रदर्शनपछि राजतन्त्र पुर्नस्थापनाको माग बढ्दै
पुस २६, २०८२ | काठमाडौं
महँगीेविरुद्ध इरानमा सुरु भएको प्रदर्शनले उग्र रूप लिदै गएको छ ।
विगत केही वर्षयताकै सबैभन्दा गम्भीर मानिएको सरकार विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म कम्तीमा ४८ जनाको मृत्यु भइसकेको छ ।
मृत्यु हुनेमा ८ जना बालबालिका रहेका छन् । प्रदर्शनका क्रममा १४ सुरक्षाकर्मीको मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पछिल्लो समय इरानमा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको र बेरोजगारी बढेपछि नागरिकहरू सडकमा उत्रिएका हुन् ।
प्रदर्शनकारीहरूले आर्थिक सुधारसँगै राजनीतिक स्वतन्त्रताको समेत माग गरिरहेका छन् ।
प्रदर्शन चर्किएपछि इरानी अधिकारीहरूले राजधानी तेहरानसहित देशका प्रमुख सहरहरूमा इन्टरनेट र टेलिफोन सेवा काटिदिएका छन् ।
सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले सरकार विरोधी प्रदर्शनकारीहरूलाई समस्या निम्त्याउने र अमेरिकी राष्ट्रपतिलाई खुशी पार्ने बन्दुकधारीहरूको समूहका रुपमा चित्रित गर्नु भएको छ । प्रदर्शनकारीहरुले इस्लामिक गणतन्त्रको अन्त्यको आव्हान गर्दै राजतन्त्र पुनस्र्थापनाको माग गरेका छन् ।










