भारतले भेनेजुएलासँग इन्धन खरिदका लागि प्रक्रिया अघि बढायो

पुस २६, २०८२ | काठमाडौं

भारतको प्रतिष्ठित इन्धन आयात कम्पनी रिलायन्सले भेनेजुएलासंग इन्धन पुन खरिदका लागि प्रक्रिया अघि बढाएको छ । रुससंग इन्धन खरिद नगर्न अमेरिकाको दवाव भइरहेको समय रिलायन्सले भेनेजुएलाबाट इन्धन खरिदका लागि अमेरिकासंग अनुमति लिने प्रक्रिया अघि बढाएको हो ।

अमेरिकाको अर्थविभागसंग इन्धन खरिदका लागि वार्ता भइरहेको समाचार संस्था रोयटर्सले जनाएको छ । यस अघि भारतले गत वर्षको पहिलो ४ महिनामा भेनेजुएलासंग इन्धन खरिद गरेको थियो । सो विचमा अमेरिका र भेनेजुएलाबीच उत्पन्न विवादसंगै इन्धन खरिद प्रक्रिया रोकिएको थियो ।

सो समयमा भेनेजुएलाबाट इन्धन खरिद गर्ने मुलुकलाई व्यापार कर बृद्धि गर्ने अमेरिकाको धम्की पश्चात रोकिएको थियो । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले बन्दी बनाएसंगै भारतले इन्धन खरिद प्रक्रिया अघि बढाएको जनाइएको छ । हाल भारले रुसबाट अधिकांश इन्धन आयात गर्दै आएको छ ।

भारतले रुसबाट इन्धन आयात गर्दा युक्रेन युद्धलाई थप सहयोग भएको भन्दै अमेरिकाले भारतको आलोचना गर्दै आएको छ । 


प्रतिक्रिया