नेकपा माले महासचिव मैनाली गम्भीर दुर्घटनामा

फाल्गुन १५, २०७६ | महोत्तरी

– पूर्वउपप्रधानमन्त्री एवं नेकपा मालेका महासचिव सीपी मैनाली गम्भीर दुर्घटनामा पर्नु भएको छ । झापाबाट काठमाडौं आउने क्रममा मैनाली चढेको बा ४ च २१२० नम्बरको कार विपरीत दिशामा रहेको ना ४ ख ७६६८ नम्बरको पिकअप भ्यानसँग महोत्तरीको वर्दिवास नगरपालिका ३ कालापानीमा ठोक्किएको हो । 

मैनालीको टाउकोमा गम्भीर चोट लागेको छ भने दाहिने खुट्टा भाच्चिएको छ । महासचिव मैनालीसहित छोरा सरोज, बुहारी पूजा ढुंगाना, नाति र चालक रामप्रसाद पौडेल घाइते भएका छन् । 

दुर्घटनामा गम्भीर घाईते भएका मैनाली, पूजा र चालक पौडेललाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । पूजाको दुवै खुट्टा भाच्चिएका छन् भने चालक पौडेलको टाउको र नाकमा चोट लागेको छ । ठक्कर दिने गाडीका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया