जिल्ला अस्पताल त्रिशूलीमा फास्ट डेस्क स्थापना

चैत्र २, २०७६ | नुवाकोट

नुवाकोटको जिल्ला अस्पताल त्रिशूलीले कोरोना भाइरस (कोभिड-१९ ) फैलन नदिन र ज्वरो तथा रुघाखोकीको उपचार गराउन छुटै सहयोगी डेस्क सञ्चालन ल्याएको छ । अस्पतालले ज्वरो तथा खोकी फास्ट डेस्क संचालनमा ल्याएको हो । रुघाखोकी र ज्वरोका विरामीलाई उपचार गर्ने र यदि कोरोना भाइरसबाट संक्रमण देखिएका विरामी फेला परेमा उपचारका लागि आइसोलेसनमा राख्न सो डेस्क स्थापना गरिएको अस्पतालले जनाएको छ ।

त्रिशूली अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेण्डेन्ट रेमकुमार राईले अहिलेसम्म त्यस्ता बिरामी नआएका बताउनुभयो । कोरोनाभाइरसका विरामी भेटिएमा उनीहरुलाई अस्पतालभित्र नछिराई छुट्टै आइसोलेसनमा राखिने उहाँले बताउनुभयो । अस्पतालले आफ्नै स्रोतले आइसोलेसन बनाएर तयारी अवस्थामा राखेको छ । मौसमी रुघा र खोकीका विरामी आएकाले कोरोनाभाइरसको लागेको होकी भन्ने शंका बढेको अस्पतालले जनाएको छ । अस्पतालको २ कोठा सहित ४ बेडको आइसोलेनस वार्ड एकसाता अघि खडा गरेको छ । सो अस्पतालमा रसुवा, धादिङ देखिका बिरामी आउने गरेका छन् । 


प्रतिक्रिया