राहत कोषमा सांसदको पारिश्रमिक

चैत्र ११, २०७६ | काठमाडौं

संघीय संसदका प्रमुख दुई दल सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषमा १५ दिनको पारिश्रमिक उपलब्ध गराउने भएका छन् ।

सो कोषमा नेकपाका मन्त्री बाहेकका सांसदले १५ दिनको पारिश्रमिक जम्मा गर्ने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कांग्रेसका संघीय संसद्मा रहेका सांसदहरुले १५ दिनको पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । 

यस्तै कांग्रेस प्रदेश ५ संसदीय दलले पनि १५ दिनको तलब कोरोना राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहाल र प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीले पनि सो कोषमा एक महिनाको पारिश्रमिक बराबराको रकम प्रदान गर्ने घोषणा गर्नुभएको छ । कोषमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले पनि एक महिनाको तलब दिने घोषणा गर्नुभएको छ । 


प्रतिक्रिया